सोसल मिडिया
युनिकोड
वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–२ का ३७ वर्षीय रविन आचार्य छन् । उनी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ मा बस्दै आएका थिए ।
क्यानडा पठाइदिने भन्दै दुई व्यक्तिबाट ६५ लाख ९७ हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । शुक्रबार (साउन ९) सामाखुसीबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ठगिएका भनिएका व्यक्तिको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।