Dashain Banner
Dashain Banner

जेनेभा जानु अघि सभामुखले भेटे राष्ट्रपति

शुक्रबार, साउन ९, २०८२

शुक्रबार बिहान सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। भेट राष्ट्रपति निवास (शीतल निवास) मा भएको हो।

भेटमा सभामुख घिमिरेले जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ अर्थात् साउन ११ गते जेनेभा जाने कार्यक्रम छ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:२७
प्रतिक्रिया दिनुहोस्