Dashain Banner
Dashain Banner

दुई महिला आलोपालो सचिव बन्दै, को पछि को हुँदैछन् ?

बिहीबार, साउन ८, २०८२

नेपाल न्याय सेवा, कानुन समूहको विशिष्ट श्रेणीको सचिव पदमा आधा आकाशको उपमा पाएका दुई थान महिलाले फड्को मार्ने भएका छन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव उदयराज सापकोटाले अनिवार्य अवकाश पाएपछि रिक्त रहेको सचिव र नेपाल कानुन आयोगका सचिव आलोकचन्द्र श्रेष्ठले पनि ५८ वर्ष लागेर अनिवार्य अवकाश पाएपछि रिक्त रहेको सचिव पदमा दुई महिला सहसचिवको बढुवा हुने भएको छ। 

वरिष्ठतम सहसचिव निर्मला अधिकारी भट्टराई र वरिष्ठतम सहसचिव इन्दिरा दाहाल भट्टराई सचिव बन्ने भएका हुन्। 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्