Dashain Banner
Dashain Banner

वरिष्ठ वन अधिकृत पूर्णशंकर सात लाख ३१ हजार घुस सहित अख्तियारको फन्दामा 

मंगलबार, साउन ६, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कञ्चनपुरबाट खटिएको टोलीले उनलाई सोमबार नियन्त्रणमा लिएको हो । 

कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । 

यादवलाई सेवाग्राहीबाट सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०८:२८
प्रतिक्रिया दिनुहोस्