सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो। बैठक दुई दिन चल्ने भएको छ।
बैठकमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारी, विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको संगठनात्मक कामको रिपोर्टिङलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ।
त्यस्तै यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि पनि केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ।
सचिवालय र पोलिटब्यूरो बैठकबाट प्रस्ताव गरिएको नयाँ विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकालमात्र रहने व्यवस्था हटाइएको छ। साथै पार्टीमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना रहने प्रस्ताव गरिएको छ। संशोधन प्रस्तावअनुसार एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय रहनेछ।