सोसल मिडिया
युनिकोड
हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ । बाढीले हेवा खोलाको डाइभर्सन भत्काएपछि राजमार्ग अवरुद्ध भएको हो ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले डाइभर्सन माथिबाट पानी जान थालेपछि यातायात अवरुद्ध भएको बताए । उनका अनुसार अहिले पानीको बहाब घट्ने क्रममा छ । उनले भने, ‘अहिले पानीको बहाव घट्ने क्रममा छ, घटेपछि यातायात सुचारु हुन्छ ।’ राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ ।
बाढी र पहिरोका कारण मेची राजमार्गसँगै तमोर करिडोर पनि अवरुद्ध छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पहिरोका कारण साँघुरीगढी गाउँपालिका– ९ मा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो ।