Dashain Banner
Dashain Banner

ओलीले भण्डारीलाई भेटेरै पुकार्ने, तब मात्र निष्कर्षमा पुग्ने

आइतबार, साउन ४, २०८२

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन्।

दुई दिनसम्म चलेको एमाले पोलिटब्युरो बैठकलाई समापन गर्दैै ओलीले छलफल गरेर मात्रै निर्णय लिने बताएको एक नेताले जानकारी दिए।

‘विद्या भण्डारीका बारेमा छलफल गरेर टुंगोमा पुर्‍याउने भनेर उहाँहरू दुई जना बस्ने कुरा भएको छ,’ ती नेताले भने, ‘हामी बसेर सल्लाह गर्छौं, अहिले यहाँ केही निर्णय गर्न परेन। सबैका कुरा सुन्ने हो भनेर अध्यक्षले भन्नु भएको छ।’

एमाले पोलिटब्युरो बैठकमा पदाधिकारी बाहेक ६८ जनाले धारणा राखेका थिए। अधिकांशले पूर्वराष्ट्रपति राजनीतिमा आउने कुरा गम्भीर रहेको भन्दै बसेर यसको राजनीतिक समाधान निकाल्न सुझाव दिएका थिए।

‘हामीले पार्टी अध्यक्ष र पूर्वराष्ट्रपति बसेर समस्याको आपसमा समाधान निकाल्नु भनेर सुझाव दिएका थियौँ,’ एक नेताले भने।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्