Dashain Banner
Dashain Banner

शिक्षक महासंघले साउन २१ गते अगाडि शिक्षा विधेयक पारित नगरे आन्दोलन चर्काउने

शुक्रबार, साउन २, २०८२

नेपाल शिक्षक महासंघले साउन २१ गते अगाडि शिक्षा विधेयक पारित नभए कडा आन्दोलन चर्काउने भएको छ। शुक्रबार महासंघले पत्रकार सम्मेलन गर्दै सरकारलाई यस्तो चेतावनी दिएको हो।

महासंघका महासचिव तुलाबहादुर थापाले सरकारले पटक पटक सहमति गर्दै शिक्षा विधेयक पारित गर्न आलटाल गरेको आरोप लगाए।

उनले भने, ' विगतका सहमति समावेश भएको अग्रगामी शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरी कम्तीमा साउन २१ गते अगाडि नै पारित गर्न सम्बन्धित पक्षहरूसँग हामी जोडदार माग गर्दछौँ। यदि पारित नगरे कडा सडक आन्दोलन चर्काउन बाध्य हुनेछौँ।'

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १४:४०
प्रतिक्रिया दिनुहोस्