Dashain Banner
Dashain Banner

प्रचण्डको खुमलटारमा दुई घण्टा बिताएका शेखरले विद्यासंग भंगालमा बिताए एक घण्टा

शुक्रबार, साउन २, २०८२

हिजो बिहिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई दुई घण्टा सम्म खुमलटारमा एक्लै भेटेका कांग्रेस नेता डा.शेखर कोइरालाले आज शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई कपन भंगालस्थित भण्डारी निवास पुगेर एक घण्टा बिताएका छन्। 

राजनीतिको भूमरीमा हाम फालेकी भण्डारीलाइ नेता कोइरालाले साथ् दिने वचन दिएको श्रोतको भनाई छ। कोइरालाले भण्डारीलाई राजनीतिमा आउनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । 

राजनीतिमा प्रवेशसँगै सुशासनको पक्षमा आवाज उठाउन कोइरालाले भण्डारीलाई सुझाव दिएका थिए । कांग्रेस सभापति बन्ने आन्तरिक तयारीमा रहेका कोइरालाको देउसी खेलाईलाई फरक ढंगले हेरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्