विधान संशोधन प्रस्तावमाथि छलफल गर्न एमालेको पोलिटब्युरो बैठक

शुक्रबार, साउन २, २०८२

नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।  बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो। सोही प्रस्तावमाथि छलफल भई यसलाई हटाउने दिशातर्फ नेताहरू सहमत भएको उनले बताए ।

यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्‍याउने प्रस्तावमा पनि नेताहरूबीच सहमति जुटेको बताइएको छ । यसअघि उपाध्यक्ष विष्णु पौडेलले ११ सदस्यीय पदाधिकारीको प्रस्ताव पेश गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्