सोसल मिडिया
युनिकोड
एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दैछन्। एकीकृत समाजवादी र वामदेव गौतमले नेतृत्व गरेको अभियानबीच आज एकता हुन लागेको हो।
शुक्रबार दिउँसो राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा हुने कार्यक्रम छ। गएको असार २७ गते एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति भएको थियो।
यसअघि ०८१ पुसमा पनि दुई दलबीच एकताको तयारी गरिएको थियो। अन्तिम चरणमा पुगेको भनिएकै बेला गौतम एउटा मात्रै पार्टीसँग मिल्नेभन्दा पनि अभियानलाई नै अघि बढाउने भन्दै पछि हटेका थिए।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता सर्वोच्च अदालतको आदेशमा भंग भएपछि गौतमले २०७७ साल पुस २५ गते नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए।
त्यतिबेला एकीकृत समाजवादीसँग एकता गर्ने विषयमा छलफल गर्नुअघि वामदेवले नेकपा एमालेसँग एकता गर्ने भनेर छलफल अघि बढाएका थिए।
तर एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भाउ’ नदिएपछि फेरि गौतम एकीकृत समाजवादीतिरै फर्किएका हुन्। गौतमले आफूलाई एमालेले भैसेपाटी इन्चार्ज बनाउन पनि नमानेपछि समाजवादीमा समाहित हुने बताएका छन्।