काठमाण्डौ महानगरको बजेट आजै पास गरिने

बुधबार, असार ३२, २०८२

काठमाडौं महानगरपालिकाको नगरसभा बैठक आज (असार ३२) बस्दै छ । गएको आइतबार (असार २९) उपमेयर सुनिता डंगोलले नगरसभामा पेस गरेको बजेट पारित गर्न बैठक बस्न लागेको हो ।

महानगरका प्रशासन विभाग प्रमुख एवं प्रवक्ता ध्रुव काफ्लेले यस दिन दिउँसो २ बजे बैठक बस्ने जानकारी दिए । “पूर्वनिर्धारित समयानुसार आज दिउँसो २ बजे नगरसभा डाकिएको छ । आइतबार पेस गरिएको बजेट पारित हुन्छ,” उनले भने ।

आइतबार उपमेयर डंगोलले आर्थिक वर्ष २०८२/८३ का निम्ति २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट पेस गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्