सोसल मिडिया
युनिकोड
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानबिन समिति गठन भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए । छानबिन समिति गठन भएसँगै ओझा स्वतः निलम्बित भएका छन् ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
ओझाको कार्यक्षमतामाथि प्रश्न उठेको थियो । उनको शैक्षिक प्रमाणपत्रबारे पनि प्रश्न उठेको थियो ।