Dashain Banner
Dashain Banner

प्रधानमन्त्रीको मुखारविन्दबाट मन्त्रीले गरेको घुस काण्डको जवाफ सुन्न माओवादी आतुर

आइतबार, असार २९, २०८२

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन गरेको ‘घुस डिल’बारे प्रधानमन्त्रीको जवाफ मागेको छ। 

माओवादी केन्द्रकी सांसद दुर्गा राईले आइतबार प्रतिनिधिसभामा बोल्दै मन्त्रीले घुसको लिड गरेको अडियो सार्वजनिक भएकोबारे सञ्चारमाध्यममा समाचार आइरहेको बताइन्।

‘घुस डिलको विषयमा सार्वजनिक समाचार प्रशारण भइरहँदा चुप लागेर बस्ने हो?,’ उनले भनिन्, ‘मन्त्रीजीको घुस डिल बाहिरिएपछि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन्? यस्तो प्रकारका मन्त्रीहरूले नैतिकता देखाउने विषय त टाढाको बन्दै छ।’

प्रधानमन्त्रीले घुस आफूले पनि लिन्नँ र अरुलाई पनि लिन दिन्नँ भनेर नपुग्ने भन्दै सांसद राईले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे संसद्लाई जवाफ दिनुपर्ने भन्दै रुलिङको माग गरिन्।

‘प्रधानमन्त्रीले म घुस पनि लिन्नँ, अरुलाई पनि लिन दिन्नँ टुक्काल पुग्छ कि पुग्दैन?,’ उनको भनाइ छ, ‘सम्मानीय प्रधानमन्त्रीले यो विषयमा के हो भन्ने संसद्‍मा प्रष्ट राख्नका लागि सभामुखबाट रुलिङको माग गर्दछु।’

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्