सोसल मिडिया
युनिकोड
नेकपा (एमाले) ले आज केन्द्रीय विभागहरूको संयुक्त भेला बोलाएको छ । विधान महाधिवेशनको तयारीमा रहेको एमालेले आज दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्नेगरी भेला बोलाएको हो ।
भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुख, सचिव र सदस्यहरूलाई बोलाइएको छ । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म दोस्रो विधान महाधिवेशन गर्दैछ । यसअघि नेकपाले गएको बिहीबार जनसंगठनहरुको भेला गरेको थियो।