Dashain Banner
Dashain Banner

चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको पुष्टि

बिहीबार, असार २६, २०८२

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वामाुन महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ ।

महाशाखाले बाढीबारे अपडेट सार्वजनिक गर्दै हिमताल विस्फोटबाटै बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको हो । यस सम्बन्धमा चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको पनि महाशाखाले जनाएको छ ।

‘आगामी दिनमा भू–उपग्रह मार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरूले समेत थप पुस्ट्याइँ दिन सक्नेछ’, महाशाखाले भनेको छ । चीनको लेन्दे खोला हुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीले ठुलो जनधनको क्षति गरेको थियो । बाढीमा १९ जना बेपत्ता भएका छन् भने हालसम्म ९ जनाको शव भेटिएको छ ।mausam-mahasakha-1752129278.png

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्