Dashain Banner
Dashain Banner

दुई जना नेपालीलाई अमेरिकाले धपायो

बिहीबार, असार २६, २०८२

अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो

निष्कासन गरिनेमा रेशमबहादुर केसी र गविन्दराज वली रहेका छन्। उनीहरूलाई कतार एयरायन्सको विमानबाट नेपाल फर्काइएको हो। 

स्रोतका अनुसार वलीलाई बुधबार र केसीलाई गत २१ गते काठमाडौं फर्काइएको थियो। अघिल्लो हप्तामात्रै तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावसन नीतिमा कडाइ गरेसँगै गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू धमाधम निष्कासनमा पर्दै आएका छन्। अमेरिकाले यसअघि पनि पटक-पटक नेपालीहरूलाई निष्कासन गरी नेपाल फर्काएको छ। केहीलाई त चार्टर्ड विमानमार्फत पनि नेपाल फर्काइएको छ। 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्