सोसल मिडिया
युनिकोड
नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक संगीता पहाडीसँग विशेष अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार न्याधीशहरू तेज नारायण सिंह राई, राम बहादुर थापा र बिदुर कोइरालाको संयुक्त इजलासले पहाडीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले माग गरेको धरौटी बुझाएर पहाडी छुटिसकेकी छन्।
आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पहाडी मंगलबार अदालतमा हाजिर भएकी थिइन्। विशेष अदालतले मंगलबार नै बयान गराएर थुनछेक बहस पनि गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
नेपाल टेलिकमको बिलिङ प्रणाली, मर्मत शुल्कलगायतमा भ्रष्टाचार भएको अख्तियारको आरोप छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ। मुद्दा दायर भएसँगै पहाडी निलम्बनमा परेकी छिन्।