सोसल मिडिया
युनिकोड
आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति जुटेको छ। आज मंगलबार साँझ नेपाल चिकित्सक संघसँग भएको वार्तामा सरकार चिकित्सकका माग पूरा गर्न सहमत भएको हो।
यसँगै आन्दोलनका सबैकार्यक्रम स्थगित गर्न चिकित्सक सहमत भएका छन्। केही सातायता उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलित भएका थिए।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानूनमन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारी वार्तामा सहभागी थिए। त्यस्तै ,स्वास्थ्यसचिव डा. विकास देवकोटा, संघका अध्यक्ष डा. अनिल कार्की, महासचिव डा.सञ्जीव तिवारीलगायतको सहभागिता थियो।