Dashain Banner
Dashain Banner

भोटेकोशी नदिमा आएको बाढीले मितेरी पूल बगायो, के-के भयो क्षति ?

मंगलबार, असार २४, २०८२

आज बिहान भोटेकोशी नदिमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको छ। बाढीले नेपाल र चीनको सीमा नाकामा रहेको मितेरी पुल समेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

तिब्बती क्षेत्रमा भएको बर्षापछि बाढी आएको अनुमान प्रहरीले गरेको छ। बाढीले रसुवागढी भन्सार क्षेत्रमा पार्किङ गरिएका गाडी, भन्सार गर्न राखिएका सामानहरुसमेत बगाएको छ। बाढीले मानिसहरुसमेत बगाएको आशंका गरिएको छ।

कतिपय मानिस अझै पनि नदि क्षेत्रमा फसेका प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक क्षेत्रका पनि व्यवसायी बाढीमा फसेका छन्। बाढीले गरेको क्षतिको यनिक भइनसकेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्