सोसल मिडिया
युनिकोड
सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्ति गरेका हुन्।
राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। यस्तै पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।
यसअघि न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले तीनै जनाको नाम सोमबार अनुमोदन गरेको थियो।