Dashain Banner
Dashain Banner

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

सोमबार, असार २३, २०८२

सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्ति गरेका हुन्।  

राष्ट्रपति पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थापा उच्च अदालत दिपायल र पौडेल उच्च अदालत जनकपुरमा मुख्य न्यायाधीशका रूपमा कार्यरत थिए। यस्तै पोखरेल वरिष्ठ अधिवक्ता हुन् ।

यसअघि न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले तीनै जनाको नाम सोमबार अनुमोदन गरेको थियो।  

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्