ल्हासाका नेपाली महावाणिज्यदूत निरौलाले बढाए सक्रियता, कहाँ-कहाँ गरे निरीक्षण ?

आइतबार, असार २२, २०८२

लिच्छविकालीन ठकुरी राजा अंशुवर्माको समयदेखि सुदृढ बन्दै आएको नेपाल -तिब्बत सम्बन्ध पछिका वर्षहरूमा अझ सुदृढ बन्दै आएको छ।

नेपालले चीनको तिब्बतस्थित ल्हासामा  नेपाली महावाणिज्यदूतावास स्थापना गरेरै सम्बन्धलाई थप प्रभावी बनाएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकले निर्णय गरेर सहसचिव लक्ष्म लक्ष्मी प्रसाद निरौला लाई त्यहाँ पठाएको छ । तिनै महावाणिज्यदूत निरौलाले असार २२ गते आइतबार हुम्लाको नेपाल -चीन नाका निरीक्षण गरेका छन् । 

चीनतर्फबाट यात्रा गरेर निरौलाले त्यहाँको निरीक्षण गरेका हुन् । आइतबार निरौलाले नेपालतर्फ हुम्ला जिल्ला र चीनतर्फ सिचाङ स्वायत्त क्षेत्रको पुलाङ जिल्ला जोड्ने हिल्सा सीमा नाकाको स्थलगत निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा उनले सम्बद्ध अधिकारीहरूसँग छलफल समेत गरेका छन् ।

चीनको भाषामा सिचाङ भनिने तिब्बतको नेपालसँगको सीमा नाका आउने क्रममा महावाणिज्यदूत निरौलाले चिनियाँ अध्यागमन, भन्सार, प्रहरी र पोर्ट व्यवस्थापन अधिकारी एवम् नेपालका सुरक्षा निकाय र भन्सारका अधिकारीहरूसॅग छलफल पनि गरेका थिए । 

छलफलमा नाकाको प्रभावकारी संचालनका निम्ति चीन सरकारले भरखरै निर्माण सम्पन्न गरेको मितेरी पुलको नेपालतर्फको पहुॅच मार्ग तत्काल निर्माण गर्नु पर्ने निरौलाले बताए ।

महावाणिज्यदूतसमक्ष नेपाली अधिकारीहरूले सीमा सहजीकरण र स्थानीय नेपाली अधिकारीहरूलाई पहिले झैं कैलाश मानसरोवरसम्म सहज यात्राकालागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए। दुवै पक्षसँगको छलफलमा महावाणिज्यदूतले सीमाको प्रभावकारी व्यवस्थापनकालागि आफ्नातर्फबाट अधिकतम पहल गर्ने बताए ।

उनले आजै चीन सरकारले पुलाङ शहरमा निर्माण गरेर नेपाली समुदायलाई व्यवसायकालागि सहुलियत दरमा उपलब्ध गराएको व्यापारिक केन्द्रको समेत अवलोकन गरी नेपाली व्यवसायीहरूसँग अन्तर्क्रिया समेत गरेका छन् ।

उक्त बजारमा हुम्ला र सीमामा रहेका अन्य जिल्लाका गरी २ सयको हाराहारी नेपाली व्यवसायी व्यवसाय गरिरहेका छन् । छलफलमा नेपाली व्यवसायीहरूले चीन सरकारले नयॉ पूर्वाधार निर्माण भएपछि आफूलाई सहज भएको र व्यापार पनि बढेको बताए ।

निरौलाले त्यहाँको भाषा, संस्कृति र नेपालको मौलिकता जोडेर छलफल समेत चलाएका छन्। साहित्यका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउन पनि निरौला लागि परेका छन्।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्