सोसल मिडिया
युनिकोड
निजामती सेवा बिधेयकमा कुलिङ पिरियडसम्बन्धि प्रावधानमा चलखेल भएको विषयको विवादपछि आज बस्ने संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। समितिको बैठकमा प्रहरी बिधेयकमाथि नियमित छलफल अघि बढेको थियो।
निजामती बिधेयकमा भएको चलखेलबारे छानविन नभएसम्म बैठक नबस्ने निर्णय भएको समितिका सभापति रामहरी खतिवडाले बताए। यसमा कर्मचारीको गल्ती रहेको उनको भनाई छ ।
यस प्रकरणमा समितिका सभापति खतिवडामाथि समेत प्रतिपक्ष दलहरुले छानविनको माग गरेका छन्। खतिवडाले भने कर्मचारीमाथि यसको दोष दिएका छन्।
उनकै मिलेमातोमा उच्च प्रशासकको स्वार्थअनुसार मुख्यसचिव, सचिव र सहसचिवको हकमा कुलिङ पिरियड लागू नहुने शब्द थपिएको आरोप लागेको छ । संसदका महासचिव पद्य प्रसाद पाण्डेले चलखेल गरेको अन्दाज गरिएको छ।