Dashain Banner
Dashain Banner

‘स्टार टिचर अवार्ड’ पाँच शिक्षकले पाए, एक दर्जनले पाए पुरस्कार

सोमबार, असार १६, २०८२

ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका प्रतिनिधि र स्रोत शिक्षकहरुलाई पुरस्कृत गरिएको छ।

रिड नेपाल नामक सस्थाद्वारा आयोजित कार्यक्रममा ‘स्टार टिचर अवार्ड’ अन्तर्गत सरस्वती मावि तापेथोकका मित्र दाहाल, सुनदेवी मावि इखाबुकी लीला मावोहाङ, लुङथुङ आधारभूत विद्यालयका मिङमा साङग्गे शेर्पा, शीतला आधारभूत विद्यालय खेवाङकी सुमित्रा मग्रान्ती, कञ्चनजङ्घा आधारभूत विद्यालयकी कविता लिम्बू पुरस्कृत भएका छन्।

पुरस्कृत व्यक्तित्व र संस्थालाई जनही रु पाँच हजारदेखि ४५ हजारसम्म नगद पुरस्कार, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ। 

कार्यक्रम फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा, शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई लगायतले सम्मानले शैक्षिक उन्ननयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्