काठमाडौं भ्यू टावरका ठेकेदार भेटवालको अस्पतालमा सुताई, ६ दिन म्याद थपियो

आइतबार, असार १५, २०८२

काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाललाई ६ दिन म्याद थप गरेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतले गत शुक्रबारबाट गणना हुनेगरी ६ दिन म्याद थपका लागि आदेश जारी गरेको हो । भेटवाल पक्राउ परे लगत्तै सुटुक्क अस्पताल भर्ना भएका थिए ।

शुक्रबार पक्राउ परेका भेटवाल त्यसलगत्तै अस्पताल भर्ना भएका हुन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई धुम्बराहीको ह्याम्स अस्पतालमा भर्ना गराइएको छ ।

अस्पतालको क्याबिन नम्बर ८१२ मा उनलाई राखिएको छ । उनी अस्पताल नै भर्ना हुने बिरामी नरहे पनि पहुँचकै आधारमा अस्पताल भर्ना भएको प्रहरीले स्रोतको भनाइ छ । करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा पक्राउ परेका उनी त्यस लगत्तै ह्याम्स अस्पताल भर्ना भएका हुन् ।
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्