एसईईको पूरक परीक्षा तालिका सार्वजनिक, यस्तो छ तालिका 

आइतबार, असार १५, २०८२

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ। परीक्षा आगामी साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ।

गएको शक्रबार प्रकाशित २०८१ सालको एसईई परीक्षाकाे नतिजाअनुसार यस वर्ष १ लाख ६७ हजार ५९७ जना विद्यार्थी ननग्रेड भएका छन्।परीक्षामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ।

Pa_Ni_Ka_3-14_GP_4x32_BnerNq7btH-1751173772.jpg
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्