तीन जना न्यायाधीश र एक जना न्यायपरिषद् सदस्यको धमाधम संसदीय सुनुवाइ

आइतबार, असार १५, २०८२

सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीश र एक जना न्यायपरिषद् सदस्यको संसदीय सुनुवाइ जारी छ। 

सुनवाई समितिले बिहान ८ बजे बैठक राखेर उनीहरुको धमाधम सुनवाई गरिरहेको हो। समितिले शुक्रबार सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरीकर्ताहरुसँग छलफल गरेको थियो ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाविरुद्ध उजरी दिएका उजुरीकर्ताहरुसँग छलफल गर्यो।

आज ती तीनै जना प्रस्तावित प्रधानन्याधीश र न्यायपरिषद् सदस्यमा प्रस्तावित महेश नेपालको संसदीय सुनवाई भएको हो। सुनुवाई सकेपछि नियुक्तिका लागि समितिले सिफारिश गर्छ। 
 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्