Dashain Banner
Dashain Banner

प्रधानमन्त्री ओली स्पेन पुगेपछि कांग्रेसले सरकारको समीक्षा गर्ने, देउवाले सबैलाई डाके

शुक्रबार, असार १३, २०८२

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमितिको बैठक असार १६ गतेबाट सुरु हुँदैछ । तर, त्यसको अघिल्लो दिन असार १५ गते भने सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने जनाईएको छ । केन्द्रीय कार्यसमितिको बैठकको लागि नेताहरुले अहिलेदेखि नै तयारी थालेका छन् । सरकारको समिक्षा पनि हुने भएकोले यो केन्द्रीय समितिको बैठक निर्णायक हुने केही नेताको टिप्पणी छ । बजेटलाई लिएर नै कांग्रेसभित्र सरकारप्रति आलोचना बढिरहेको छ ।

कांग्रेसले सरकारको समिक्षा गर्ने समयमा प्रधानमन्त्री केपी ओली भने स्पेन पुग्ने छन्। ओली भोलि शनिवार त्यता जाँदैछन्। 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्