Dashain Banner
Dashain Banner

पूर्वराजा ज्ञानेन्द्रले उधुमले ७९औँ जन्मोत्सव मनाउने 

शुक्रबार, असार १३, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न संघसंस्थाका लागि खुला रहनेछ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्