बाढी पूर्वानुमान महाशाखाले बाढी जान सक्ने जिल्लाको सार्वजनिक गर्यो सूची

शुक्रबार, असार १३, २०८२

देशका केही सानाठूला नदीमा आज (असार १३) पनि पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, कास्की, गोरखा, लमजुङ र मकवानपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

झापा, इलाम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुली, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, हुम्ला, जुम्ला, बाजुरा, जाजरकोट, कालीकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, दार्चुला, डोटी, बझाङ, कैलाली र कञ्चनपुर भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । यी जिल्लामा आकस्मिक बाढीका ‘सामान्य’ जोखिमको सम्भावना औँल्याइएको छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै तर बढ्दो रहने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्