Dashain Banner
Dashain Banner

बमबहादुरलाई कामकाजी गर्भनर ताकेर गर्भनर पौडेल स्वीजरल्यान्ड उडे

बुधबार, असार ११, २०८२

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेल स्वीजरल्यान्ड उडेका छन्।

कायममुकायम (कामु) गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रलाई दिएर पौडेल हिजो मंगलबार स्वीजरल्यान्ड उडेका हुन्।

आफू स्वदेश फिर्ता नहुन्जेलसम्म मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएका हुन्।गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

सिनियर डेपुटी गभर्नर डा.निलम ढुङ्गाना तिम्सिना बङ्गलादेश भ्रमणमा रहेकी छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्