सोसल मिडिया
युनिकोड
माधव नेपालको मुद्दा न्यायाधीश राई, थापा र कोइरालाको इजलासमाकाठामडौँ- पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको अभियोगमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मुद्दा विशेष अदालतको इजलास नं. २ मा परेको छ।
इजलासमा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइराला रहेका छन्।
नेपाल आज अदालतमा उपस्थित भएका हुन्। उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ। नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए।
पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी भएको छ।