Dashain Banner
Dashain Banner

हजारमा पचास कम, इजरायलबाट नेपाल फर्कन नाम टिपाए धमाधम 

मंगलबार, असार १०, २०८२

इजरायलमा रहेकामध्ये ९५० भन्दा बढी नेपालीले आफूहरूलाई उद्धार गरेर नेपाल फर्काउन नाम टिपाएका छन् । सरकारले इजरायलबाट फर्कन चाहने नेपालीलाई अनलाइनबाट नाम दर्ता गर्न आह्वान गरेको थियो । 

इजरायल र इरानबीच द्वन्द्व बढेपछि इजरायलबाट नेपाल फर्कन चाहने नेपालीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । सूचनापछि हालसम्म ९५० नेपालीले अनलाइनमार्फत नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मंगलबार दिउँसो, इरानमा रहेका १६ नेपालीमध्ये दुईजना मशहदबाट नयाँदिल्ली हुँदै नेपालतर्फ हिँडेका छन् । बाँकी १४ नेपालीलाई पनि उद्धारको प्रयास भइरहेको दूतावासले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्