अदालतमा अमला, ६१ किलो सुनको जाँच पड्ताल

आइतबार, असार ८, २०८२

६१ किलो सुनकाण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई सरकारी वकिलसमक्ष पेश गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताएका हुन्।

‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ। त्यसका लागि उहाँलाई पठाइसकेका छौं,’ प्रवक्ता खड्काले भने।सम्भवत: आजै उनको थुनछेकको बहस हुनेछ।

गत शुक्रलबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोकाका पति दावा छिरिङसहितका प्रतिवादी अहिले पनि पुर्पक्षका लागि थुनामा राखिएका छन्।

तिब्बती मूलका बेल्जियम नागरिक दावाले अमलाकै सहयोगमा काभ्रेबाट नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ। अमला रोल्पाकी माओवादी नेतृ समेत हुन्।
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्