स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै प्रदर्शन

आइतबार, असार ८, २०८२

स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार (असार ८) काठमाडौंको माइतीघरमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको अगुवाइमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीले ‘करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर’, ‘त्रुटिपूर्ण ओएन्डएम सर्भे संशोधन गर’, ‘स्वास्थ्य सेवा व्यवस्थापनको आबद्धता – अस्पतालको सेवामा चुस्तता’, ‘स्वास्थ्य सेवा व्यवस्थापकको लोकसेवामा स्थायी दरबन्दी सिर्जना गर’लगायत नारा लगाएर विरोध जनाएका थिए ।

स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी निश्चित नभएसम्म आफूहरू आन्दोलनमा रहने उनीहरूले बताए ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्