सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले बीचमै बाहिरिएका छन् । वेल घेराउ गरी विरोध जनाउँदै आएका उनीहरू प्रतिपक्षी सांसदहरूको छलफल सुनेपछि बाहिरिएका हुन् ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने, ‘हामीले प्रतिपक्षका १६ सांसदको कुरा सुन्यौँ । तर, सत्तापक्षको दम्भी आवाज किन सुन्ने भनेर बाहिरियौँ ।’
रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । यी मागमा सरकारले सहमति नजनाएपछि रास्वपाले संसद् बैठक बहिष्कार गर्दै आएको छ ।