कालो लुगा र निलो रिबन, संसदमा रास्वपाको नाराबाजी दिनका दिन 

शुक्रबार, असार ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधका कारण प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ ।

शुक्रबार रास्वपाका सांसदहरू विरोधस्वरूप कालो पोसाकमा निलो रिबन लगाएर संसद्‌ बैठकमा पुगेका थिए । रास्वपाले संसद् अवरोधलाई निरन्तरता दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका थिए ।

त्यसपछि अरू कार्यसूचीमा बैठक प्रवेश गर्नासाथ उनीहरूले बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

रास्वपाले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध गर्दै आएको छ । रास्वपाले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्