सोसल मिडिया
युनिकोड
असार २ गते बसेको क्याबिनेटले सशस्त्र प्रहरीका गणेशबहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले बढुवा समितिको सिफारिसअनुसार ठाडा मगरलाई एआईजीमा बढुवा गरेको हो।
ठाडा मगरलाई जेठ १५ गते गृह मन्त्रालयले बढुवाका लागि सिफारिस गरेको थियो। बढुवाको प्रतिस्पर्धामा रहेका आधा दर्जनभन्दा बढी डीआईजीहरूलाई पछि पार्दै ठाडा मगर दोस्रो नम्बरबाट सिफारिस भएका थिए। पहिलो नम्बरमा कमल गिरी थिए।
शक्तिकेन्द्रहरूबीचको रस्साकस्सीका कारण डेढ महिनासम्म बढुवा सिफारिस रोकिएको थियो। धनकुटाका मगर व्यवसायिक प्रहरी अधिकृत हुन्। उनको बढुवा भए संगै अब उनलाई आईजीपी बन्ने बाटो खुलेको छ।