सोसल मिडिया
युनिकोड
प्रहरीले सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका चिकित्सक डा केशव श्रेष्ठको खोजी सुरु गरेको छ । रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले करिब २ घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा सबैजनालाई अलबिदा लेखेर सम्पर्कबिहीन भएका थिए । उनको चाबहिल क्षेत्रमा खोजी गरिएको प्रहरीको भनाई छ। श्रेष्ठ पछिल्लो समय त्यही भएको प्रहरीको भनाई छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार कार्यालयको टोलीसहित साइबर ब्युरो, काठमाडौँ परिसरलगायतको टोली उनको खोजीमा जुटेको छ । डा. श्रेष्ठ निलो रङको मोटरसाइकल चढेर घरबाट निस्केको बस्नेतले जानकारी दिए ।
उनको मोबाइल स्वीच रहे पनि उनको पछिल्लो लोकेसन गोपीकृष्ण हलनजिकै देखिएको थियो । ‘हामीले चाबहिल क्षेत्रमा उनको खोजी गरिरहेका छौँ,’ बस्नेतले भने ।
१८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले राजनीति र कर्मचारीले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन् ।
झुटो आरोप लगाएर रामेछापबाट हेटौँडा अस्पतालमा सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको पनि उउनले उल्लेख गरेका छन । ‘मलाई धेरै दुख दिए, अहिले यो दुख÷पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । वान म्यान आर्मी भनेर चिनिएको थिएँ । तर, कतैबाट केही साथ सहयोग पाउन सकिनँ । म बाचे भने न्याय पाउँछु जस्तो लागेन ।’