सोसल मिडिया
युनिकोड
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मूल्यवृद्धि भएको हाे । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
इन्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ । यससँगै अब पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको छ ।
वृद्धि भएको मूल्य आइतबार राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।