Dashain Banner
Dashain Banner

कार्यसूचीमा भए पनि सभामुखले किन पेस गर्नै दिएनन् निजामती विधेयक ?

आइतबार, असार १, २०८२

कार्यसूचीमा भए पनि सभामुखले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई प्रतिनिधिसभाको बैठकमा पेश गर्ने अनुमति दिनुको साटो हटाएका छन्। 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गर्दै निजामती कर्मचारीसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची हटाई दिएका हुन्। 

अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्तव पेस गरिरहेका छन् ।  सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ । नाराबाजीबीच सभामुख घिमिरेले बैठक सञ्चालन गरिरहेका छन् । 

जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो ।  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो ।

यता, विधेयकमाथि विरोध गर्दै मुख्यसचिवदेखी कार्यालय सहयोगीसम्मकै कर्मचारी विरोधमा छन्। बजेटमाथिको छलफललाई प्राथमिकता दिने क्रममा निजामति विधयेकले ठाउँ नपाएको बताईएको छ। 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:३९
प्रतिक्रिया दिनुहोस्