दैनिक ४० मेगावाट विद्युत आजैदेखि बंगलादेश निर्यात, पाँच महिनामा एक अर्ब २९ करोड कमाउने

आइतबार, असार १, २०८२

ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काको सक्रियतामा केही महिना पहिले भएको सम्झौता आजदेखि कार्यान्वयनमा आएको छ। आजदेखि बंगलादेशमा विद्युत व्यापार सुरु भएको मन्त्री खड्काले बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणले आजबाट ५ महिनाका लागि दैनिक ४० मेगावाट विद्युत भारतको ग्रिड प्रयोग गरेर बंगलादेश निर्यात सुरु गरेको छ। ५ महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत बंगलादेश निर्यात हुने बताइएको छ । यसबाट करिब ९४ लाख अमेरिकी डलर (नेपाली एक अर्ब २९ करोड) प्राधिकरणले प्राप्त गर्नेछ । 

भारतको ग्रिड प्रयोग गरेर बंगलादेशमा आजबाट यस वर्ष ५ महिनाको लागि ४० मेगावाट विद्युत निर्यात गरिएको हो । छिमेकी देशहरुमा नेपालको उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत भएकाले यो खुसीको खबर भएको मन्त्री खड्काको भनाई छ। 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्