सोसल मिडिया
युनिकोड
श्रीमानले चरम हिँसा गरेपछि न्यायका लागि अदालत गुहार्न पुगेकी महिलालाई नै न्यायाधिशले सहवासको प्रस्ताव राखेको भेद खुलेको छ।
जिल्ला अदालत रसुवाका न्यायाधीश भुवनसिंह थापाले पिडित महिलालाई झन् आहात बनाएका हुन्। थापालाई न्याय परिषद्ले जिम्मेवारीबाट झिकेर छानबिन अगाडि बढाएको हो।
एक सातापहिले नै उजुरी परेपछि न्यायाधीश थापालाई न्याय परिषद्मा तानिएको हो। उनी न्याय परिषद्मै हाजिर गरिरहेका छन्। थापा तानिएपछि रसुवामा न्यायाधीश ध्रुव उप्रेतीलाई जिम्मेवारी दिइएको छ।
उता, सिराहा मालपोतका कर्मचारी परस्त्री संग रंगीएकै बेला श्रीमतीको फन्दामा परेका छन्। सरकारी दानापानी खाने कर्मचारीले गति छोड्दा अन्यलाई असर परेको छ।