सोसल मिडिया
युनिकोड
पत्रकार दिलभुषण पाठकलाई पक्राउ गर्न जिल्ला अदालतले अनुमति दिएपछि प्रहरी उनको खोजीमा छ।
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरीद गरेको भन्ने खबरको भिडियो बनाएर सार्वजनिक गरेपछि उनी विरुद्द देउवापुत्रले प्रहरी गुहारेका थिए। जेठ २७ गते अदालतले पाठकलाई समात्न पक्राउपूर्जी जारी गरेको हो।
पाठक भूमिगत भएपछि प्रहरीले उनको टीमको सदस्य भएको भन्दै अर्का पत्रकार नारायण अर्याललाई नियन्त्रणमा लिने प्रयास गरेको छ। पाठक फेला नपरेपछि प्रहरी अर्याल समात्न सुरिएको हो।
अर्याललाई कुपन्डोलस्थित नटराज ट्राभल भएको घरमा प्रहरीले घेरा हालेको छ। अर्याल रहेको घरमा सादा पोसाकको प्रहरीलेले घेरा हालिरहेको छ। यता पाठकले भने आफ्नो संचार माध्यम सूचना विभाग र प्रेस काउन्सिल नेपालमा दर्ता नगरेका कारण उनी विरुद्द विद्युतीय कारोबार ऐन आकर्षित भएको जानकारको तर्क छ।