सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो ।
त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने बताए। गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध हुँदै आएको छ।
जेठ १५ गते बजेट सार्वजनिक भए यता सदन चल्न सकेको छैन।