सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको एमाले आफ्ना जनवर्गीय संगठनको धमाधम अधिवेशन गराईरहेको छ। अनेरास्ववियुको नेतृत्व चयनको काम तीब्र गतिमा हुँदैछ। पार्टी अध्यक्षको सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा तातोपानी खन्याएर अखिलले निर्वाचन मार्फत नयाँ नेतृव चयन गर्दैछ।
बुधबार रातिका लागि तय भएको मतदान बिहीबार बिहान मात्रै हुने भएको छ । निर्वाचनको प्राविधिक व्यवस्थापनका कारण अनेरास्ववियुको नेतृत्व चयनको कार्यक्रम धकेलिएको बुझिएको छ।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। २०३ पदका लागि ५२१ जनाको उम्मेदवारी परेको छ। आजसम्मका लागि तोकिएको महाधिवेशनको समय निर्वाचन प्रक्रियाका कारण लम्बिएको हो।