सोसल मिडिया
युनिकोड
संवैधानिक नियुक्ति विवादमा आज सर्वोच्चले निर्णय सुनाउने भएको छ। न्यायाधीशहरू निर्णय सुनाउनु अघिको मैझारो छलफलमा ब्यस्त छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी छलफलमा जुटेका हुन्।
बिहान गोला प्रक्रिया सकेर इजलास सुरू हुनेबित्तिकै प्रधानन्यायाधीश राउतले संवैधानिक नियुक्ति विवादका कागजात झिकाएका थिए। त्यसपछि सबै न्यायाधीश च्याम्बरमा छलफल गरिरहेका हुन्।
सर्वोच्च अदालतमा आज तीन वटा संवैधानिक इजलास गठन भएका छन्।
तीमध्ये एउटा इजलासमा संवैधानिक नियुक्ति विवादको निर्णय सुनाउने तोकिएको छ भने अर्को इजलासमा कोसी प्रदेशका कर्मचारीहरूको विवादमा निर्णय सुनाउने भनिएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माले नै कोशी प्रदेशका कर्मचारीको विवादमा निर्णय सुनाउने छन्।