Dashain Banner
Dashain Banner

एमालेका निर्वाचित माननीयलाई अख्तियारले पाता कस्यो, अस्पतालमै गरे हिनामिना

मंगलबार, जेठ २७, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता पछिल्ला दिनमा ह्वात्तै बढेको छ। आजै मात्र अख्तियारले एमालेका मधेश प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अस्पताल निर्माणमा अनियमितता गरेको अभियोगमा आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । 

ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित सांसद हुन्। मुद्दा दायर भएसँगै ठाकुर स्वत निलम्बनमा परेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्