सोसल मिडिया
युनिकोड
जाजरकोटस्थित भेरी नगरपालिका-१० को रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी, सरकारी कागजात सच्याएको र गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले आज मंगलबार शाहीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।
वनको राजस्व रकम हिनामिना गरेको उजुरी परेपछि अनुसन्धान गर्दा शाहीले नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट ०७८ चैत २० गते ७ लाख रकम झिकेर ६३ हजार ९५३ रुपैयाँ दाखिला गरी झिकेको रकमको मात्रै राजस्व दाखिला गरेको अख्तियारले उल्लेख गरेको छ।
त्यस्तै शाहीले कृषि विकास बैंकले १४ वटा झुटा तथा नक्कली राजस्व दाखिला गरी कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवाबाट लेखापरीक्षण गराइएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाबाट सेवा लिएको भनी एउटा नक्कली बिल र होटल धौलागिरी एण्ड रेष्टुरेन्टको ३ वटा नक्कली बिल तयार पारी उपभोक्ता समूहमा पेस समेत गरी गैरकानुनी लाभ र उपभोक्ता समूहको खातामा रहेको ६ लाख ३६ हजार ४७ रुपैयाँ बदनियतपूर्वक हिनामिना गरेको आरोप छ।