सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो ।
समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।
समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसद्मा पेस गरिने समेत उनले जानकारी दिए ।